२०८१ बैशाख ७, शुक्रबार    

महासंघको स्थापना दिवसमा हेटौंडामा प्रभातफेरी

२०७८ चैत्र १६, बुधबार ०८:०१ बजे

नेपाल पत्रकार महासंघको स्थापना दिवसको सन्दर्भ पारेर बुधबार हेटौंडामा प्रभातफेरी आयोजना गरिएको छ ।

महासंघको ६७ औं स्थापना दिवसकोको अवसरमा हेटौंडाको सीमाचोकबाट सुरु भएको प्रभातफेरी बुद्धचोक, चेम्बरमार्गहुँदै पुन: बुद्धचोकमा आएर टुंगिएको थियो । बुद्धचोकमा भएको विसर्जन सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमले समाचार लेखेकै कारण अझै पनि पत्रकारले धम्की सहन बाध्य रहेको बताए । उनले पत्रकारिता क्षेत्रलाई अंकुश लगाउन राज्य नै अग्रसर भइरहेको आरोप समेत लगाए ।

‘हामी पत्रकारको पनि कमजोरी हुन सक्छ । त्यसलाई सुधार्न जरुरी छ । हामीले हाम्रो पेशालाई मर्यादित बनाउँदै पूर्णरुपमा जिम्मेवार हुनु अहिलेको आवश्यकता हो ।’, उनले पत्रकारले आफू स्वयम् अनुशासनमा बाँधिएर आवाजविहीनको आवाज बाहिर ल्याउन प्रयास गर्नुपर्ने औंल्याए ।

प्रभातफेरीमा नेपाल पत्रकार महासंघ प्रदेश तथा जिल्ला शाखाका पूर्व पदाधिकारी तथा युवा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।