२०८० चैत्र १६, शुक्रबार    

अन्तरविद्यालय वक्तृत्वकलामा भण्डारी प्रथम

२०७८ चैत्र १८, शुक्रबार १९:०९ बजे

हेटौंडामा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अनेरास्ववियू हेटौडा उपमहानगरपालिका कमिटीद्वारा ‘स्थानिय तहको निर्वाचन र हामीले खोजेको जनप्रतिनिधि’ विषयमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा विभिन्न विद्यालयबाट १६ जना सहभागि थिए । कार्यक्रमको प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा, अनेरास्ववियूका केन्द्रीय उपमहासचिव किशोर टण्डन, अनेरास्ववियू जिल्ला अध्यक्ष अरुण बर्तौला, जिल्ला सचिव आकाश अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका क्रमश: अमर माविकी आयुष्मा भण्डारी, तुलसी मेहर मेमोरियलकी सलिना डंगोल, ज्योति माविकी विशेषता अधिकारी र सिद्धार्थ माविकी जीना यादव घोषित भएका थिए । विजयी विद्यार्थीलाई नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको नगर सचिव सुशान्त कार्कीले जानकारी दिए ।