२०८१ बैशाख २०, बिहीबार    

मोटरसाइकल दुर्घटना चालकको मृत्यु

२०७८ चैत्र १०, बिहीबार १७:१४ बजे

त्रिभुवन राजपथअन्तर्गत मकवानपुर भीमफेदी-१ सुन्दरीमाईमा सुमो  र मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल  चालकको मृत्यु भएको छ । 

बिहीबार दिउँसो  त्रिभुवन राजपथ अन्तर्गत सडक खण्डमा हेटौडाबाट भैसे तर्फ जादै गरेको ना१ज ३४७२ नम्बरको सुमो र बिपरित दिशा तर्फ बाट आउदै गरेको ना४९प २५५६ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाइकल चालक हेटौडा ८ कमाने बस्ने बर्ष ३१ को प्रमोद कुमार रिमालको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन् । 

दुर्घटनामा घाइते रिमालको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ। ठक्कर दिने सुमो तथा चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।