२०८१ बैशाख २६, बुधबार    

मकवानपुरमा कथबनिया समुदाय संगठित

२०७८ चैत्र १९, शनिबार १८:४६ बजे

मकवानपुरमा रहेका कथबनिया समुदाय संगठित भएका छन् ।

शनिबार हेटौँँडामा भएको भेलाले राजेशकुमार बनियाको अध्यक्षतामा नेपाल कथबनिया सेवा समाज मकवानपुर गठन गरेको छ ।

समितिमा अनिलकुमार बनिया उपाध्यक्ष, वीरेन्द्रकुमार बनिया सचिव, अनिल बनिया सहसचिव र सुनिलकुमार बनिया कोषाध्यक्ष छन् । सदस्यहरुमा रामेश्वर दास, दिनेश दास, दीपक साह बनिया, रामएकवाल साह, सचेन्द्र दास, प्रितम बनिया, पुनवम देवी र मञ्जु देवी चयन भएका छन् । समाजका केन्द्रीय अध्यक्ष रञ्जन दासको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।