२०८१ बैशाख ३०, आईतबार    

इन्द्रसरोबरमा सत्तारुढ गठबन्धन र एमालेवीच मुख्य प्रतिस्पर्धा

२०७९ बैशाख १३, मंगलबार ११:०१ बजे

जिल्लाको उत्तरी क्षेत्रमा रहेको पर्यटकीय क्षेत्र इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष पदमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

विभिन्न राजनीतिक दलको तर्फबाट ५ जना र स्वतन्त्र तर्फबाट २ जना गरी ७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय इन्द्रसरोवरले जनाएको छ । इन्द्रसरोबरमा विशेष गरी सत्तारुढ गठबन्धन र नेकपा एमालेवीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ ।

इन्द्रसरोवरको अध्यक्ष पदका लागि राजनीतिक दलको तर्फबाट एकीकृत समाजवादीका जीवन लामा, जनता समाजवादीका देवकुमार लामा, नेकपा एमालेका देवकृष्ण पुडासैनी, कांग्रेका विश्वलाल लामा र राप्रपाका सकुबहादुर लामाले उम्मेदवारी दर्ता गराएका छन् भने स्वतन्त्र तर्फबाट कुन्सान लामा र श्याम ठकुरीले उम्मेदवारी दर्ता गराएका छन् ।

उपाध्यक्षमा पदमा राजनीतिक दलबाट ३ जना र स्वतन्त्रबाट एक जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेकपा एमालेबाट उमाकुमारी लामा, नेपाली कांग्रेसबाट निर्मला रुम्बा, जसपा नेपालबाट रस्मिला घिसिङ र स्वतन्त्रबाट कमलबहादुर घिसिङ रहेका छन् ।