२०८१ बैशाख ११, मंगलबार    

मीना लामा १ मतले अगाडि

२०७९ बैशाख ३१, शनिबार १८:५४ बजे

हेटौंडा उपमहानगरपालिकाको मेयरमा त्रिपक्षीय भिड्न्त रोचक देखिएको छ ।

हाल हेटौंडा १, २, १८ र १९ नम्बरको मतगणना भइरहेको छ । कुल २५ सय मतगणनाहुँदा सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामा १ मतले अगाडि रहेकी छिन् । उनले ७ सय ५४ मत प्राप्त गरेकी छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले ७ सय ५३ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवार दीपकबहादुरु सिंहले ६ सय ९१ मत प्राप्त गरेका छन् ।