२०८१ जेठ ४, शुक्रबार    

एमालेबाट निर्वाचित मकवानपुरगढीका वडा सदस्य काँग्रेस प्रवेश

२०७८ फाल्गुन २५, बुधबार १५:१७ बजे

हेटौंडा/नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका एक नेता नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

मकवानपुरगढी गाउँपालिका–५ का निर्वाचित वडा सदस्य सुकराम थिङ बुधबार काँग्रेस प्रवेश गरेका हुन् । बुधबार पार्टी सभापति बुद्ध लामाले थिङलाई खादा र टिका लगाएर प्रवेश गराएका हुन् ।

लामो समय कम्युनिष्ट राजनीतिमा सक्रिय उनीसहित १६ जना काँग्रेस प्रवेश गरेका थिए । काँग्रेस प्रवेश पश्चात् थिङले कम्युनिष्टले उनीहरुको नजिक र आफु केन्द्रीत विकासका काम गर्ने, भौगोलिक हिसाबले हामीलाई पछि पार्ने, स्वार्थको राजनिति गर्ने कुराले आफुले कम्युनिष्ट राजनिति त्याग गरेको बताए ।

कार्यक्रममा जिल्ला सदस्य कालु घलान, प्रतिनिधिसभा क्षेत्र २ को सचिव बलराम घिमिरे, पूर्वसंघीय सभापति यतिराज सापकोटा, गाउँपालिका सभापति राजवीर मुक्तान, वडा सभापति दिपेश दाहाललगायतको उपस्थिति रहेको थियो ।