२०८१ जेठ ५, शनिबार    

पतिको कुटपिटबाट पत्नीको मृत्यु

२०७८ चैत्र ४, शुक्रबार ११:२४ बजे

श्रीमानको कुटपिटबाट झापाको बिर्तामोडमा एक महिलाको मृत्यु भएको छ । बिर्तामोड–१ सिनेप्लाजा निवासी ४० वर्षीय कमल राउतको कुटपिटबाट उनकी श्रीमती ३८ वर्षीया केन्जङ गुरुङको मृत्यु भएको हो ।

स्थानीय धना बस्नेतको घरमा डेरागरी बस्ने कमलले बुधबार राति केन्जङलाई कुटपिट गरेका थिए । मादक पदार्थ सेवन गरी राति १० बजेतिर घर पुगेका कमलले घरायसी विषयमा विवाद हुँदा श्रीमती केन्जङमाथि निर्घात कुटपिट गरेका थिए । श्रीमानको कुटपिटबाट गम्भीर घाइते केन्जङको बिहीबार राति साढे १० बजे बिर्तामोड–५ स्थित माइती घरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

 अनुहार, छाती र शरीरका विभिन्न भागमा चोट लागेका केन्जङलाई उपचारका लागि बिर्तामोडस्थित कनकाई र बिर्ता सिटी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । तर, बिरामीको अवस्था गम्भीर भएकाले नोबेलले उपचार सम्भव नरहेको भन्दै घर लान सुझाएको थियो । ज्यान जानेगरी श्रीमतिमाथि कुटपिट गर्ने कमललाई प्रहरीले पक्राउ गरेको छ ।