२०८१ जेठ २, बुधबार    

कांग्रेस वकैयाले गठबन्धन नमान्ने, मित्रवत् प्रतिस्पर्धा गर्ने

२०७९ बैशाख ११, आईतबार १३:५६ बजे

नेपाली कांग्रेस वकैया गाउँपालिकाले गठबन्धन नमान्ने जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय सुरुहुँदा समेत पार्टीको माथिल्लो निकायबाट कुनै निर्देशन नआएकोभन्दै आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरी वकैयाले गठबन्धन नगर्ने घोषणा गरेको हो ।

कांग्रेस वकैया सभापति दिलबहादुर भोम्जन तथा १२ वटै वडाका सभापतिहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको हो । ‘स्थानीय औचित्यको आधारमा गठबन्धन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । स्थानीयस्तरमा गठबन्धनको औचित्य नभएपछि हामी एकल चुनावी प्रतिस्पर्धामा जान तयार भएका हौं ।’, उनले भने ।

वकैया गाउँ समितिको वैठकले एकल चुनावी प्रतिस्पर्धामा जानुपर्ने निर्णय गरेसँगै हेटौंडास्थित कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरिएको हो ।