२०८१ बैशाख २६, बुधबार    

गायिकाद्वारा पल शाहविरुद्ध जबर्जस्ती करणीमा जाहेरी दर्ता

२०७८ फाल्गुन ११, बुधबार १९:२५ बजे

नेपालका चर्चित युवा कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको आरोप लगाउँदै जाहेरी दर्ता भएको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा एक गायिकाले आफूलाई जबर्जस्ती करणी गरेको भनेर जाहेरी दर्ता गराएकी हुन् ।

शाहविरुद्ध बुधबार जबर्जस्ती करणीको उजुरी दर्ता गराएकी जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शाविरुद्ध उजुरी परेपछि कानुनी प्रक्रिया अगाडि बढिसकेको छ । उजुरीमा आफू नाबालिग रहेको बेला शाहले जबर्जस्ती करणी गरेको उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार गायिकाले मेडिकल परीक्षण समेत गराइसकेकी छिन् ।