२०८१ जेठ ४, शुक्रबार    

नेपाल विश्वकप छनोटको सेमिफाइनलमा

२०७८ फाल्गुन ९, सोमबार १८:०९ बजे

नेपाल आईसीसी ग्लोबल ट्वान्टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ओमानले फिलिपिन्सले दिएको ३७ रनको लक्ष्य १७ बलमै पूरा गरे पनि नेट रनरेटमा नेपाललाई नभेट्ने निश्चित भएको छ । पहिलो दुई खेल जितेको नेपालको क्यानडासँगको खेलअघि ४.३७५ रनरेट छ । फिलिपिन्समाथि एकतर्फी विजयी हात पारे पनि सबै ३ खेल खेलेको ओमानको १.६५० रनरेट रहेको छ । समूह बी को विजेता र उपविजेता भने निर्क्यौल हुन बाँकी छ । समूह चरणको अन्तिम खेलमा नेपाललाई क्यानडाले ८१ रनको सामान्य लक्ष्य दिएको छ ।

ओमानको मस्कटमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको क्यानडा १५ ओभर खेली केवल ८० रनमा अलआउट भयो ।