२०८१ बैशाख २७, बिहीबार    

मौरिसविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

२०७८ माघ १५, शनिबार १८:३६ बजे


हेटौंडा/ नेपालले मौरिसविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा विजयी हासिल गरेको छ ।

फरवार्ड बिमल घर्तीमगरको एकमात्र निर्णायक गोलमा नेपालले मौरिससविरुद्धको खेलमा विजयी भएको हो । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै बिमलले गोल गर्न सफल भएका हुन् । उनले ५५औं मिनेटमा गोल गरेका हुन् । अन्जन विष्टको पासमा गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो । उनले सन् २०१८ मा भएको साफ च्याम्पियनसिपपछि पहिलो गोल गरेका हुन् । यससागै बिमलको गोलसंख्या ९ पुगेको छ । दोस्रो हाफको खेल जारी रहेको छ ।

त्यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलको दोस्रो मिनेटमा सुनिल बलको आर्कभित्रको फ्रिकिक डिफ्लेक्ट हुादै बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । त्यसपछि अन्जन विष्टको प्रहारलाई मौरिससका गोलरक्षक तथा कप्तान केभिन जित लुइसले सहजै बचाए । सुमन लामाको प्रहार आकासियो ।

१६औं मिनेटमा एड्रिएन फ्रान्कोइसको प्रहारलाई नेपालका डिफेन्डर देवेन्ऽ तामाङको ब्लक गरे । ३१औं मिनेटमा सुमन लामाको ३० यार्ड टाढाको सशक्त प्रहार पोस्टनजिकैबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । ३६औं मिनेटमा एड्रिएन फ्रान्कोइसको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले नियन्त्रणमा लिदै नेपालको खतरा टारे ।