२०८१ बैशाख ३०, आईतबार    

कोरोना संक्रमित बढेसँगै मकवानपुर प्रशासनको १६ बुँदे आदेश

२०७८ माघ ३, सोमबार १९:५२ बजे

हेटौंडा/ कोरोना भाइरसको संक्रमण पुन: बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी १६ बुँदे आदेश जारी गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले विज्ञप्तिमार्फत् आदेश जारी गरेका हुन् । प्रजिअ पाण्डेद्धारा जारी आदेशमा कुनै पनि भेला, जुलुस, आमसभाजस्ता भीडभाड हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाएको छ । शिक्षण संस्था माघ १५ गतेसम्म वन्द गर्ने, माघ ७ गतेसम्म सवै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने, विश्वविद्यालय एवम् शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना संक्रमणको उच्च जोखिममा जिल्ला समावेश भएपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्न पनि आग्रह गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, गृह मन्त्रालयको निर्णय, संक्रामक रोग ऐन र स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरी प्रजिअ पाण्डेले उक्त आदेश जारी गरेको हो ।