२०८१ बैशाख २३, आईतबार    

शिवम सिमेन्टद्वारा स्वास्थ्य सामग्री सहयोग

२०७८ फाल्गुन ३, मंगलबार १४:३३ बजे

हेटौंडा/ हेटौंडा–१६, हटियामा रहेको शिवम् सिमेन्ट उद्योग लिमिटेडले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

उद्योगले कोभिड १९ विरुद्ध लड्नका लागि हटिया स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री सहयोगस्वरुप हस्तान्तरण गरेको हो । हेटौंडा–१६ का वडाअध्यक्ष रामकृष्ण कोइरालाको उपस्थितिमा उद्योगका प्रबन्धक विष्णु घिमिरेले स्वास्थ्य चौकी प्रमुख प्रकाश श्रेष्ठलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । उद्योगले १० लिटर सेनिटाइजर, एकहजार वटा मास्क र पञ्जा तथा १० लिटर हातधुने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । उद्योगका प्रबन्धक घिमिरेले उद्योगको सामाजिक उत्तरदायित्वअन्तर्गत् सहयोग गरिएको बताए ।

‘हामी स्थानीयसँग हातेमालो गरेर अगाडि बढिरहेका छौं । आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेछौं ।’, प्रबन्धक घिमिरले विगतका दिनमा पनि स्थानीय क्षेत्रमा आवश्यकता अनुसार सहयोग गरिरहेको बताए ।