२०८१ बैशाख ११, मंगलबार    

हर्नामाडीमा वर्थिङ सेन्टर भवनको शिलान्यास

२०७९ श्रावण २५, बुधबार १७:३२ बजे

हेटौंडा उपमहानगरपालिका वडा नं.१८ को रामधुनी स्थित हर्नामाडी स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर भवनको शिलान्यास गरिएको छ ।

हेटौंडा १८ का वडाध्यक्ष अनिलकुमार बाँनियाले वर्थिङ सेन्टर भवनको शिलान्यास गरेका हुन् । भवनको शिलान्यास गर्दै वडाध्यक्ष बाँनियाले वर्थिङ सेन्टर निर्माण पनि हेटौंडा १७ र १८,बकैया ६ र मकवानपुगढी १ का स्थानीयलाई थप सहज हुने बताए । उनले भवनको निर्माण पछि स्वास्थ्य चौकिलाई मिनि अस्पतालको रुपमा विकास गर्दै एमबिबिएस डाक्टरसहितको सेवा दिईने समेत बताए ।

गोर्खा लाहरी प्रालिको आर्थिक सहयोगमा बन्न लागेको वर्थिङ सेन्टरको ४ कोठे भवन असोज दोस्रो साता सम्ममा सम्पन्न हुने लाहरीका प्रशासन प्रमुख प्रभाकर भण्डारीले बताए । उनले लाहरीको सामाजिक उत्तरदाहित्व बहन कार्यक्रम अन्तर्गत ३० लाख आर्थिक सहयोगमा भवन तथा वर्थिङ सेन्टरलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिने बताए । शिलान्यास कार्यक्रममा वडाध्यक्ष बाँनिया,लाहरीका भण्डारी,उत्पादन संयोजक विवेश डोटेल लगाएत स्थानीयहरुको सहभागिता रहेको थियो ।