२०८१ बैशाख ७, शुक्रबार    

लेवटमा बन्ने भयो ट्रक पार्किङ र रिफ्रेस सेन्टर

२०७९ असार ७, मंगलबार १८:२७ बजे

वाग्मती प्रदेश सरकारले मकवानपुरमा ट्रक पार्किङ, रिफ्रेस सेन्टर निर्माण गर्न बजेट विनियोजन गरेको छ ।

हेटौंडा–३ लेवट आसपासमा ट्रक पार्किङ र रिफ्रेस सेन्टर निर्माण गर्ने तयारी यातायात ब्यवसायीले गरिरहेका छन् । पुरानो नारायणी यातायात कम्पनी प्रालिले लेवटमा ओभरलोड नियन्त्रण गर्न तौलपुल राख्ने तयारी गरिरहेको छ । सोही स्थानको आसपासमा पार्किङ र रिफ्रेस सेन्टर पनि संचालन गर्ने बिषयमा छलफल भइरहेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गर्दै यातायात व्यवसायीसागको सहकार्यमा मकवानपुरको उपयुक्त स्थानमा सुविधा सम्पन्न ट्रक पार्किङ तथा रिफ्रेस सेन्टर निर्माण कार्य अगाडि बढाउन सरकारले बजेटको विनियोजन गरेको जानकारी गराएका हुन् ।

नारायणी यातायात ब्यवसायी संघ र कम्पनीले केही समयदेखि ब्यवस्थित पार्किङ र रिफ्रेस सेन्टर स्थापना गर्न माग गर्दै आएको थियो । प्रदेश सरकारले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयलाई ९४ करोड २४ लाख रुपैयाा बजेट विनियोजन गरेको छ । श्रम, रोजगार तथा यातायात क्षेत्रको विकासका लागि उक्त बजेट विनियोजन गरेको मन्त्री जम्मकट्टेलले बताए ।

प्रदेश राजमार्गका उपयुक्त स्थानमा निजी क्षेत्रसागको सहकार्यमा एकीकृत स्मार्ट रिफ्रेस एन्ड ट्रान्सफर सेन्टर तथा प्रदूषण परीक्षण सेवा सञ्चालनमा ल्याउन आवश्क बजेटको व्यवस्था गर्ने, सवारी प्रदूषण मापनका लागि स्वचालित प्रविधि स्थापना गर्न संघीय सरकारसाग सहकार्य गर्न सरकारले बजेटको व्यवस्था गरेको छ ।

सवारी चालक अनुमतिपत्र प्रदान गर्ने व्यवस्थालाई थप सुदृढ गर्न र ट्रायल सेन्टरहरूलाई क्रमश: स्वचालित प्रणालीमा लैजान बजेट व्यवस्था गरिएको छ । यातायात कार्यालयमा रहेका अभिलेखलाई डिजिटाइजेशन गर्न आवश्यक पूर्वाधार निर्माणका लागि ७ करोड रुपैयाा विनियोजन गरिएको छ ।

यातायात कार्यालयबाट प्रदान गर्ने सेवाहरु क्रमश: विद्युतीय प्रणालीबाट प्रवाह गर्न सफ्टवेयर निर्माणका लागि बजेट व्यवस्था गरिएको छ । यस्तै, सवारी भाडा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाएको छ ।