२०८१ बैशाख २४, सोमबार    

हेटौंडामा भएको सवारी दुर्घटनामा वीरगञ्जका जनप्रतिनिधि घाइते

२०७९ जेठ २०, शुक्रबार १५:२१ बजे

मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ जीपलाइन नजिकै सवारी दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । सो दुर्घटनामा परी वीरगञ्ज महानगरपालिका वडा नं २९ र ३० का नवनिर्वाचित वडा अध्यक्षहरु क्रमशः ३२ वर्षीय मनोज कुमार यादव र ५२ वर्षीय धर्मेन्द्रप्रसाद महतो थारुसहित ८ जना घाइते भएका हुन् ।

यस्तै घाइते हुनेहरुमा वडा नं २४ का वडा सदस्य ३० वर्षीय सद्दाम हुसेन आलम, वडा नं २५ का वडा सदस्य ३१ वर्षीय जगदिश साह र वडा नं ३२ की दलित महिला सदस्य ३१ वर्षीया पुजादेवी राम पनि घाइते भएकी छिन् । उनीहरुको निधार, टाउको, गाला, हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था चिन्ताजनक नरहेको जनाइएको छ । दुर्घटनामा चालक वीरगञ्ज–२० बस्ने भानु यादव, वडा नं १७ का श्रवण यादव, वीरगञ्ज– २४ बस्ने ४० वर्षीय सन्त यादव पनि घाईते भएका छन् । सवारी चालक भानु भने दुर्घटनापछि फरार छन् ।

शुक्रबार बिहान साढे १ बजे जीपलाइनस्थित कान्तिलोकपथ सडकखण्डमा गढी दरबारतर्फबाट आउँदै गरेको ना ४ च ६४३६ नम्बरको बोलेरो पिकअप अनियन्त्रितत भई दुर्घटना भएको थियो । वीरगञ्ज महानगरपालिकामा शुक्रबार हुने कार्यपालिकाको निर्वाचनका लागि उनीहरु वीरगञ्ज जाँदै थिए ।