२०८१ बैशाख १७, सोमबार    

आज देशभर रक्षाबन्धन एवम् जनै पूर्णिमा मनाइँदै

२०७९ श्रावण २७, शुक्रबार ०८:५९ बजे

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज शुक्रबार मनाइँदैछ । यस अवसरमा विधिपूर्वक स्नान गरी ऋषि तर्पण र हातमा डोरो धारण गरिन्छ ।

गुरु पुरोहितले विधिपूर्वक तयार गरेको यज्ञोपवीत एवं डोरो लगाउँदा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । आजका दिन बिहानैदेखि नदी, ताल, तलाउ, पोखरी तथा मन्दिहरूमा वैदिक सनातन धर्मावलम्बीको घुइँचो लाग्ने गरे छ ।

त्यस्तै, आजको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ । काँधमा जनै र हातमा डोरो बाध्नुका साथै घर–घरमा एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । खासगरी नेवार समुदायमा यो प्रचलन छ । यद्पि, पछिल्लो सयम सबै समुदायको यसको लोकप्रियता बढेको छ ।

मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमीलगायतका विभिन्न गेडागुडीको मिश्रणबाट बनेको क्वाँटी खाँदा शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।