२०८१ बैशाख २२, शनिबार    

क्यासमिरो म्यानचेस्टर युनाइटेडमा

२०७९ भाद्र ४, शनिबार ०८:४२ बजे

स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली मिडफिल्डर क्यासमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । युनाइटेडले क्यासेमिरोलाई ७० मिलियन युरो (६० मिलियन युरो र थप १० मिलियन युरो एड अन) मा चार वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । उनी २०२७ सम्म म्यानचेस्टरमा रहनेछ । यो क्यासमिरोले रियलमा पाएको पारिश्रमिकभन्दा झन्डै दोब्बर हो ।

३० वर्षीय क्यासमिरोको लागि तीनै पक्ष (क्यासमिरो, म्यानचेस्टर र रियल) बीच आपसी समझदारी भइसकेको छ । रियल म्याड्रिडले क्यासमिरो क्लब छाड्ने आधिकारिक रुपमा पुष्टि गरेको छ । म्यानचेस्टर युनाइटेडले केही दिनमै क्यासमिरोलाई आधिकारिक रुपमा सार्वजनिक गर्ने छ ।

यससँगै क्यासमिरो रियलका पुर्व सहकर्मी क्रिस्टियानो रोनाल्डो र राफयल भरानेसँग पुनर्मिलन हुनेछ । रोनाल्डो र भरान गत सिजन नै युनाइटेड पुगेका थिए ।

विश्व स्तरीय क्यासमिरो रियलको महत्वपूर्ण सदस्यमा पर्छन् । क्लबप्रतिको उनको इमान्दारिता र प्रतिवद्धताको निकै चर्चा हुने गर्छ । उनको प्रदर्शन पनि एक रुपको रहने गर्दा उनको क्षमतामाथि कसैलाई शंका छैन ।

प्रशिक्षक कार्लो एन्सेलोटीले मन पराउने खेलाडी मध्ये पनि उनी पर्छन् । रियलमा टोनी क्रुस, लुका मोड्रिचको बर्मुडा ट्रिओ निकै जम्दा रियलले दर्जन बढी उपाधि जितेका छन् । अब यो टुटेको छ ।

सन् २०१३ मा ब्राजिली क्लब साओ पाउलोबाट रियलमा रहेका क्यासमिरोको सम्झौता सन् २०२५ सम्म रहेको छ । उनले चाहने हो भने रियलमा बसाई लम्ब्याउन सक्छ । रियलमा अनुबन्ध भएकै वर्ष उनले रियलको ‘बी’ टोली हुँदै सिनियर टोलीमा स्थान बनाएका थिए ।

तर, अर्काे सिजन अर्था २०१४–१५ मा उनी लोनमा पोर्चुगिज क्लब पोर्टाे पुगेका थिए । त्यसपछि उनी निरन्तर रियलको पहिलो रोजाईमा खेलिरहेका छन् । रियलबाट उनले रियलबाट ८ सिजन खेल्दा ३३६ खेलमा ३१ गोल गरेका छन् ।

२०११ देखि ब्राजिलको टोलीमा रहेका क्यासमिरोले रियलबाट १८ उपाधि जितेका छन् । उनले रियलबाट ३ ला लिगा र ५ च्याम्पियन्स लिग, ३ युइएफए सुपर कप, ३ स्पेनिस सुपर कोपा र ३ फिफा क्लब विश्वकप जितेका छन् ।

उनले ब्राजिलबाट कोपा अमेरिका २०१९ जितेका छन् । उनी यस वर्षको बालोन डी’ओरका लागि मनोनयनमा परेका ३० खेलाडीको सूचीमा छन् ।