२०८१ बैशाख १४, शुक्रबार    

नवोदयमा म्याथ क्याम्प फायर

२०७८ फाल्गुन ३०, सोमबार १५:०३ बजे

हेटौंडा–४, कमलडाँडास्थित नवोदय शिशु सदन माविका विद्यार्थीले म्याथ क्याम्प फायरको आयोजना गरेका छन् । अन्तर्राष्ट्रिय पाइ डेको अवसरमा उनीहरुले गणित विषयको प्रयोग र अभ्यास गरेर गणित विषयको महत्व बुझाउन म्याथ क्याम्प फायरको आयोजना गरेका हुन् ।

एउटा समूहमा बढीमा ७ जना विद्यार्थी सम्मिलित भएर अभ्यास गरेको विद्यालयले जनाएको छ। १६ वटा समूहले गणितसम्बन्धी अभ्यास गरेर आफ्ना अनुभव र बुझाई प्रस्तुत समेत गरेका छन् । विद्यालयले म्याथ क्लब नै गठन गरेर गणितसम्बन्धी विभिन्न क्रियाकलाप गर्दै आएको छ । नवोदय शिशु सदन माविको म्याथ क्लबकी संयोजक एवम् शिक्षक अनु श्रेष्ठका अनुसार विद्यार्थीलाई गणितको विषयमा बुझाउन मौलिक एवम् परम्परागत सामग्रीलाई गणितीय मानकमा बुझ्न र बुझाउन खोजिएको छ ।

विद्यार्थीले माना, पाथी, करुवा, घर, पर्खाललगायत विभिन्न वस्तुमा रहने गणितीय पक्षको विश्लेषण गरेका छन् । विद्यार्थीले आमन्त्रित विभिन्न क्षेत्रका व्यक्तिलाई आफूले गरेको अभ्यासबारे प्रस्तुती गरेका थिए ।