२०८१ बैशाख २९, शनिबार    

राक्सिराङ गाउँपालिका अध्यक्षमा सात जनाको उम्मेदवारी

२०७९ बैशाख १३, मंगलबार १५:५९ बजे

मकवानपुरको राक्सिराङ गाउँपालिकामा अध्यक्ष पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार र सोमबार अध्यक्षका लागि सात जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उम्मेदवारीमध्ये दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि मंगोल नेसनल अर्जनाइजेसनबाट युनिस मोक्तान, जनता समाजवादी पार्टीबाट यस कुमार प्रजा, नेकपा एमालेबाट बाबुलाल स्याङ्तन, नेपाली काङ्ग्रेसबाट राजकुमार मल्ल र नेकपा एकिकृत समाजवादीको तर्फबाट कृष्ण बहादुर प्रजाले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट समाज लामा थिङ र हस्त बहादुर मोक्तानले उम्मेदवारी दर्ता गराएको छ । 

उपाध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षका लागि नेकपा एमालेबाट सुन्तली माया प्रजा, नेकपा माओवादी केन्द्रबाट वनस्तम थिङ र नेकपा एकिकृत समाजवादीका तर्फबाट मिलन कुमारी तामाङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै स्वतन्त्रबाट निर्मला डिमडुङले उम्मेदवारी दर्ता गराएको छ । राक्सिराङमा १ सय ६२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।