२०८१ जेठ ८, मंगलबार    

गठबन्धन जोगाउन नेकपा(एस)को मध्यमार्गी बाटो

२०७८ फाल्गुन ७, शनिबार १६:४६ बजे

सत्ता गठबन्धन धरापमा परेपछि नेकपा(एस)ले एमसीसीलाई संसद्‌मा टेबल गर्न दिने मध्यमार्गी निर्णय गरेको छ । तर, संसद्‌मा टेबल भएको एमसीसी यथास्थितमै पारित गर्न भने नसकिने निष्कर्ष निकालेको छ ।

शनिबार भएको स्थायी कमिटीको बैठकमा सम्झौतालाई संसद्‌मा टेबल गर्न सकारात्मक रहेपनि संशोधन बिना त्यसको पक्षमा पार्टी उभिन नसक्‍ने स्पष्ट पारेको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमसीसीसँग सम्बन्धित बुँदागत रुपमा जानकारी गराएका थिए । बैठक पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको विषयमा धारणा राखेका थिए । बैठकमा स्थायी कमिटीका सदस्यहरुले गठबन्धनलाई जोगाउनु पर्ने धारणा राखेका थिए ।