२०८१ बैशाख २३, आईतबार    

दुई बालिकासहित एक किशोरी बलात्कृत

२०७८ फाल्गुन २१, शनिबार १७:२७ बजे

दैलेखमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चामुनण्डाबिन्दाशैनी नगरपालिका ४ नाओ बस्ने २४ वर्षीय नबिन शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । नबिनले आफ्नै घरमा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जम्बुकाधबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता ललितपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका(५ लेले चम्पेश्वरी बस्ने सल्यान कालिमाटी गाउँपालिका(१ पोखरा घर भएका २३ वर्षीय प्रकाश भन्ने छबिलाल खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खड्काले ती बालिकालाई ललाई फकाई गोदावरी नगरपालिका(५ लेलेस्थित तरकारी खेती गरेको टनेलामा लगि बिहीबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी टिकाभैरब र महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका(२ खतिवडा चोक बस्ने २५ वर्षीय रोहित शिवालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रोहितले गत फागुन १२ गते ती बालिकालाई ललाई फकाई आफ्नो घरमा लगि जबरजस्ती करणी गरेको भन्ने जाहेरी प्राप्त भएपश्चात ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।