२०८१ बैशाख २५, मंगलबार    

रवि लामिछानेले मनाेनयन दर्ता गराए

२०७९ चैत्र २०, सोमबार १०:५१ बजे

रवि लामिछानेले उपनिर्वाचनका लागि चितवन-२ मा मनाेनयन दर्ता गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने मंसिर ४ मा यहीबाट निर्वाचित भएका थिए । नागरिकता विवादमा अदालतले उनकाे सांसद पद खारेज गरेपछि चितवन-२ मा उप निर्वाचन हुन लागेकाे हाे ।

चितवन-२ मा पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका सहित भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र नारायणगढ बजार क्षेत्र र यस आसपासका १० वटा वडाहरू रहेका छन् ।

चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवन-२ मा याे पटक एक लाख २४ हजार ६९५ मतदाता कायम भएका छन् । मंसिरमा भन्दा ४८० मतदाता थपिएका छन् ।

मतदानका लागि ४३ मतदाान स्थलमा १३८ मतदान केन्द्र रहने छन् ।