२०८१ बैशाख २४, सोमबार    

यसरी जुर्‍यो हेडम्वा न्युज

२०७८ माघ १, शनिबार १०:४६ बजे

जन्मपछिको न्वारन होइन, न्वारनपछिको जन्म अर्थात नाम जुराइसकेपछि मात्र जन्म हुने एक संस्था हो, संचारमाध्यम । नाम नजुराइ कुनै कोणबाट पनि जन्म दिन नसकिने संचारमाध्यमको भीडमा एउटा अनलाइन पत्रिका थपिने भयो । त्यसका लागि सर्वप्रथम नामकै खाँचो थियो । नाम कोहि कसैसँग मेल नखाने गरी तय गर्न हाम्रो एक टोली निकै घोत्लियो ।

करिब दुई महिनाअघि मकवानपुर केन्द्रीत रहेर अनलाइन पत्रिका संचालन गर्ने तय भएपछि नाम जुराउने हाम्रो प्रयास हेटौंडा–२ मानस चोकबाट सुरु भयो । अहिले मकवानपुरमा विभिन्न नामका हाराहारी ४० भन्दा बढी अनलाइन संचालित छन् । अरु भन्दा फरक हुनेगरी अनलाइन पत्रिका संचालनका लागि संचालकद्वय सुवास विडारी र प्रदीप अधिकारी एक सातादेखि नामकै खोजीमा थिए । चिया चौतारामा होस् वा कुनै स्थान र हरेक भेटमा जो कोहिसँग नामबारे दैनिक २–३ घण्टा छलफलमा हुन्थे । दुबैको एउटै सोच थियो, ‘नाम युनिक होस्, क्याचि होस्, एक पटकमा मानसपटलमा सेट होस्’ यस्तो सोचाइ पुरा गर्न करिब १५ दिन खर्चिए ।

नाम जुराउने सवालमा म ठोकिरहेकै थिएँ । दिनदिनै हामीबीच नाम जुराउनेबारे निकै छलफल हुन्थ्यो । नामबारे विश्लेषण मात्र होइन, अर्थबारे समेत दिग्वज व्यक्तिसँग सोधिथ्यो । तर, छलफल गर्न थालेकै एक साता वित्यो नाम तय भएन । संचालक मध्येका एक सुवास विडारीले सुरुवातमा ‘कर्नर न्यूज’, ‘हेडलाइन न्युज’, ‘बिग न्युज’, ‘समाचार संसार’लगायत दर्जनबढी नामबारे छलफल चलाए । ‘कर्नर न्युज’बारे डोमेन खोजीयो तर, नेपाल बाहिरबाट लामो समयदेखि संचालन भइसकेको पाइएपछि हाम्रो अनौपचारिक कुराकानीले नेपाली र अंग्रेजी शब्दको समिश्रणमा नाम तय गर्ने भन्दै त्यो भेट हेटौंडा–२ मानस चोकमा टुंगीयो ।

भोली पल्ट सायद मंसिर मसान्तको बुधबारका दिन फेरि मानस चोकको चिया पसलमा हाम्रो भेट जु¥यो । मलगायत सुवास विडारी र केहि संचारकर्मी साथीबीच आज जसरी पनि नाम टुंगो लगाउने जमर्को ग¥यौं । करिब ३ घण्टामा ३ दर्जन बढी नाम बारे सोचियो, खोजियो तर नाम तय हुन सकेन । मानस चोकको चिया पसलमै लगातार दिन बिहीबार दिउँसो फेरि नामका लागि संस्कृतविद् रामचन्द्र आचार्य फुसर्ती, अग्रज पत्रकार प्रताप विष्ट, रोसन पराजुलीसँग फोनमार्फत हाम्रो कुराकानी भइरहेको थियो । नामबारे सुवास विडारीले सुनाइरहेका थिए । उहाँहरुले सुवासले सुनाइरहेको नामबारे त्यति रुची नदेखाएपछि अब चैं स्थानीय नामावलीमा केन्द्रीत हुन मैले प्रस्ताव गरेँ ।

स्थानीय स्तरमा चर्चित शब्दलाई नाममा समेट्न मैले सुवासलाई आग्रह गरेँ । उनले नामसँगै न्युज नछुटाउने सल्लाह दिएपछि करिब २ घण्टा छलफल भइरह्यो । निकै घोत्लिँदै थिएँ, काठमाडौंलाई परापूर्वकालमा कान्तिपुर, काष्ठमण्ठप भने झैं, हेटौंडालाई हेडम्वा भनिन्थो, काठमाडौंको पुरानो नाम रहने गरी काठमाडौंबाट कान्तिपुर नामक पत्रिका संचालन गरिएको हो । हेटौंडाको परापूर्वक नाम झल्किने गरी ‘हेडम्वा न्युज’ नाम राखौं भन्ने मैले प्रस्ताव राखेँ । सुवासले सहर्ष स्वीकारे, डोमेन खोजीयो नाम बुक भइसकेको रहेनछ । त्यसपछि नाम तय हुने श्रृंखला एक कदम अघि बढ्यो । रामचन्द्र आचार्य फुसर्ती, प्रताप विष्टसँग सुवासले फोनमार्फत नामबारे अवगत गराए । दुबैले ‘नाम ठिक छ, तर यसको नामबारे आमपाठकलाई प्रष्ट्याउन जरुरी छ भन्ने प्रतिक्रिया दिए ।’ डोमेन बुक गर्दै ‘हेडम्वा न्युज’ नामलाई मूर्त रुप दिइयो ।