२०८१ बैशाख २५, मंगलबार    

युवा दिवसमा हेटौंडामा प्रभातफेरि

२०७९ श्रावण २७, शुक्रबार १६:५६ बजे

२२ औं अन्तराष्ट्रिय युवा दिवसको सन्दर्भमा शुक्रबार हेटौंडामा प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश युवा परिषद् वाग्मतीको आयोजनामा ‘अन्तरपुस्ता ऐक्यबद्धता, सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ प्रभातफेरि भएको हो ।

कार्यक्रममा सरोकारवाला संघ/ संस्था राजनीतिक दलका युवा/विद्यार्थी संगठनको उल्लेख्य सहभागिता रहेको थियो । प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा चौलागाईंले युवामा उद्यमशीलता र नेतृत्व क्षमताको वृद्धि गर्दै विकास निर्माणको मूलप्रबाहमा संलग्न गराउन जरुरी रहेको औंल्याए ।

युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको अध्यक्षतामा १०१ सदस्यीय मूल समारोह समिति बनाएर २४ गते देखी शुरू भएको सप्ताहव्यापी कार्यक्रम ३० गते ‘युवाको प्रश्नमा युवा तथा खेलकुद मन्त्रीको उत्तर’ नामक अन्तक्र्रिया कार्यक्रम आयोजना गरी समापन हुनेछ ।