२०८३ कार्तिक ४, मंगलबार    

उपमहानगरपालिकाले दियो सहकारीलाई ट्रयाक्टर

२०७९ असार १७, शुक्रबार १५:२३ बजे

कृषि उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१८ को सहकारीलाई ट्रयाक्टर हस्तान्तरण गरेको छ ।

चालु आर्थिक वर्ष २०७८/०७९ को यान्त्रिकरण अनुदान कार्यक्रमअन्तर्गत् उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा ट्रयाक्टर प्रदान हो । हेटौंडा–१८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध किसानहरुलाई सहयोग पुर्‍याउने उद्देश्यसहित अनुदानमा ट्रयाक्टर हस्तान्तरण गरेको हेटौंडा उपमहनगरपालिका कार्यालय आर्थिक विकास महाशाखाका प्रमुख गंगाकुमारी चौलागाईले बताए ।

महाशाखाअन्तर्गत्को कृषि शाखाले अनुदानमा दिएको ट्रयाक्टर हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले सहकारीका अध्यक्ष रेखा खतिवडालाई चावी हस्तान्तरण गरेका थिए । ट्रयाक्टरमा उपमहानगरपालिकाले ६ लाख ५० हजार रुपैयाँ अनुदान व्यहोरेको महाशाखा प्रमुख चौलागाईले जानकारी दिए ।