२०८१ बैशाख २१, शुक्रबार    

पानी र बदाम बेच्ने छोटुद्वारा रंगशालालाई दशहजार सहयोग

२०७८ चैत्र ९, बुधबार १४:४० बजे

विभिन्न खेलकुद प्रतियोगितामा पानी र बदाम विक्री गर्ने खेलप्रेमी छोटुले हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशाला निर्माणका लागि १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

उनले प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् उक्त रंगशालामा भएको फुटबल प्रतियोगितामा समेत पानी र बदाम विक्री गरेका थिए । पिप्ले युवा क्लबका अधयक्ष सुशील घिमिरेका अनुसार उक्त रकम रंगशालाका गार्डलाई प्रदान गरिएको छ । ‘हामीले सुरक्षा गार्ड राखेका छौं । तर, रकम दिन सकेका छैनौं । उक्त रकम गार्डलाई प्रदान गरेका हौं ।’, क्लबका अध्यक्ष सुशील घिमिरेले बताए ।

घिमिरेको अगुवाइमा एकवर्षमै उक्त स्थानमा मिनि रंगशाला निर्माण गरिएको हो ।