२०८३ भाद्र १६, मंगलबार    

नवलपुरमा भएको सवारी दुर्घटनामा दुइजना घाइते

२०७८ फाल्गुन ३, मंगलबार ११:२४ बजे

हेटौंडा/ हेटौंडा–११, नवलपुरमा भएको सवारी दुर्घटनामा दुईजना घाइते भएको छन ।
सोमबार विहान चारवटा सवारी एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको चारवटा एकआपसमा ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा दुईजना घाइते भएको र उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पहिचान अझै खुलिसकेको छैन ।

प्रहरीका अनुसार ना.४ ख ८४९६ नम्बरको ट्रक, ना.८ ख ४७२७ नम्बरको ट्रिपर, प्रदेश ३ ००१ च १३६६ नम्बरको जीप र नम्बर नखुलेको नयाा बोलेरो एकआपसमा ठोक्किएको हो ।