२०८१ बैशाख २३, आईतबार    

गढीमा गठबन्धन झनझन अगाडि

२०७९ जेठ १, आईतबार ०९:५६ बजे

मकवानपुरगढी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरुको अग्रता हेटौंडा मकवानपुरगढी गाउँपालिकामाको अध्यक्ष पदका गठबन्धनका उम्मेदवार दोर्जे लामा स्याङतानले अग्रता कायम गर्दै आइरहेका छन् ।

वडा नम्बर १ र ८ बाट प्राप्त अन्तिम मत परिणाम अनुसार स्याङ्तानले एक हजार ४३२ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवार विदुर हुमागाईले ७८० मत प्राप्त गरेका थिए । स्याङतानले ६५२ मतान्तरले अग्रता लिएका हुन् ।

उपाध्यक्ष पदमा गठबन्धनका उम्मेदवार मानकुमारी पाख्रीनलाई एक हजार २१८ मत प्राप्त भएको छ भने एमालेको उम्मेदवार सन्तु थिङलाई ७९३ मत प्राप्त भएको थियो । पाख्रीन र थिङको मतान्तर ४२५ रहेको छ । वडा नम्बर २ र ७ को भने मत गणना जारी रहेको छ ।