२०८१ बैशाख १६, आईतबार    

मकवानपुरगढीमा गठबन्धन विजयी

२०७९ जेठ ३, मंगलबार १९:३२ बजे

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मकवानपुरको मकवानपुरगढीमा कांग्रेस,माओवादी र नेकपा एस नेतृत्व गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

मंगलबार साझ सम्पन्न मतपरिणाम अनुसार गाउँपालिकाका अध्यक्षका कांग्रेसका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार मानकुमारी नेपाली निर्वाचित भएका छन्।

दोर्जेले ६७०६ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विदुर हुमागाईले ५६४५ मत प्राप्त गरेका छन्। स्याङ्तानले १०६१ मतान्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन।त्यसैगरी उपाध्यक्षमा नेपालीले एमालेका उम्मेदवार सन्तु थिङले भन्दा ९०६ मत बढि प्राप्त गरेका छन्। नेपालीले ६११० मत प्राप्त गर्दा एमाले उम्मेदवार थिङले ५२०४ मत प्राप्त गरेकी थिइन।