२०८३ भाद्र १६, मंगलबार    

वाग्मती प्रदेशमा आठ प्रतिशतले लगाए बुस्टर डोज

२०७८ फाल्गुन १, आईतबार १८:०८ बजे

हेटौंडा/  वाग्मती प्रदेशमा १३ जिल्लाका आठ प्रतिशतले कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइसकेका छन् ।

शनिबारसम्म दुबै डोज खोप लगाएका मध्ये ८.२ प्रतिशत बुस्टर डोज खोप लगाएको स्वास्थ्य मन्त्रालय वाग्मती प्रदेशका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार हालसम्म १८ वर्ष माथिका ९६ प्रतिशतले पहिलो र ९२.४ प्रतिशतले दोस्रो डोज खोप लगाइसकेका छन् ।

१२ देखि १७ वर्षसम्मका ४३.६ प्रतिशतले पहिलो र २३.०९ प्रतिशतले दोस्रो खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।