२०८१ बैशाख १४, शुक्रबार    

आधुनिकलाई उत्कृष्ट विद्यालयको प्रमाणपत्र

२०७८ चैत्र २२, मंगलबार १५:२३ बजे

हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविले प्राप्त गरेको उत्कृष्ट विद्यालयको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

ब्रिटिस काउन्सिलले प्रदान गरेको उत्कृष्ट सामुदायिक विद्यालयको प्रमाणपत्र हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विद्यालयका प्रधानाध्यापक वीरवंश बैठालाई हस्तान्तरण गरिएको हो ।

विद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा विकास गर्ने सपना पूरा भएको विद्यालयका प्रधानाध्यापक बैठाले दावी गरे । वैठाले विद्यालयको स्रोत, साधनले अवार्ड प्राप्त गर्न योग्य बनाएको दावी गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्तबहादुर बिश्वकर्माको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्य कार्यक्रम भएको थियो । मेयर महतले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेर आधुनिक राष्ट्रिय माविले हेटौंडा र विद्यालयको नाम उच्च राख्न सहयोग गरेको बताए ।

एक बर्षमा गरिएको मिहिनेतको उपलब्धीस्वरुप अवार्ड प्राप्त भएको भन्नुहुँदै ब्रिटिस काउन्सिलको स्तरीकरण परियोजनाका संयोजक सुरज बुढाथोकील आधुनिक राष्ट्रिय माविले नाम मात्र नभई कामले अन्तर्राष्ट्रिय विद्यालय बनाएको बताए । शैक्षिक विकास कार्यक्रममा सहयोग गर्नुहुने शिक्षकहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको छ ।