२०८० चैत्र १६, शुक्रबार    

विवकेशीलका सांसद रमेश पौड्यालको पद धरापमा

२०७८ चैत्र १, मंगलबार १४:२१ बजे

विवकेशील साझा पार्टी वाग्मती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालको पद धरापमा परेको छ ।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले सचिवालय सदस्यहरू केशव दाहाल, रमेश पौड्याल, पुकार बमलगायत २६ जनालाई केन्द्रीय सदस्यबाट हटाएसँगै उनको पद धरापमा परेको हो । फागुन २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको थियो । चारवटा केन्द्रीय समितिका बैठकमा लगातार अनुपस्थित रहेको र लेभी नबुझाएको भन्दै उनीहरूलाई केन्द्रीय समितिभन्दा बाहिरको जिम्मेवारी दिने निर्णय गरिएको मिश्रले जानकारी दिएका छन् ।

समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पुर्‍याएको पनि मिश्रको निष्कर्ष रहेको छ । विवेशकशील साझा पार्टीबाट वाग्मती प्रदेशमा ३ जना सांसद रहेका छन् । विराजभक्त श्रेष्ठ कतै खुलेका छैनन् भने शोभा शाक्य मिश्र पक्षमा खुलेकी छिन् ।

साउनमा मिश्रले संघीयता र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्नेसहितको धारणा सार्वजनिक गरेपछि साझा पार्टीभित्र विवाद उत्कर्षमा पुगेको हो ।