२०८१ बैशाख २५, मंगलबार    

लायन्स क्बल अफ मकवानपुर हेल्प डेस्कमा ढकालको नेतृत्व

२०७९ असार २, बिहीबार ०९:४२ बजे

लायन्स क्बल अफ मकवानपुर हेल्प डेस्कको अध्यक्षमा लायन धुर्बराज ढकाल चयन भएका छन् । लायन्स क्बल अफ मकवानपुर हेल्प डेस्कको प्रथम साधरण सभाले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

हेल्प डेस्कको प्रथम उपाध्यक्षमा लायन राज सापकोटा चयन भएका छन् भने द्वितीय उपाध्यक्षमा लायन रामेश्वर (ईमरान) दास, सचिबमा लायन हरिहर खतिवडा र कोषाध्यक्षमा लायन अच्युतम पौडेल चयन भएका छन् ।

लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कका संस्थापक अध्यक्ष प्रविण मैनालीको अध्यक्षतामा भएको साधरण सभामा एरिया ३२५ बि२ का एरिया को–चिफ लायन किशोर टण्डन, रिजन चियरपर्सन तथा लायन्स कल्ब अफ मकवानपुर हेल्प डेस्कको मातृ क्लब लायन्स क्लबअफ मकवानपुर डायमण्डका संस्थापक अध्यक्ष लायन जे.पी यादब, तथा डिष्ट्रिक्ट डेपुटी चिफ लायन गंगाप्रसाद पौडेलको उपस्थिति रहेको थियो ।