२०८१ बैशाख १६, आईतबार    

‘विद्युतीय बस किन्दैनौं, सुरुङमार्ग बनाउँछौं

२०७९ जेठ १४, शनिबार १६:२८ बजे

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकार विद्युतीय बस खरिद गर्ने पक्षमा नरहेको बताएका छन् ।

प्रदेशसभामा विनियोजन विधेयक २०७९ को प्राथमिकता र सिद्धान्तमाथि उठेको प्रश्नको जवाफ दिँदै उनले सरकारको काम बस खरिद गर्ने नभएको प्रष्ट्याए । ‘अघिल्लो सरकारले विद्युतीय बसलाई गौरवको आयोजनाको रुपमा राखेको थियो । बस खरिद गर्ने काम सरकारको होइन । निजी क्षेत्रको हो । हामी त्यसका लागि आवश्यक भौतिक पूर्वाधार तयार पार्न तयार छौं । काम गरिरहेका पनि छौं ।’, उनले साना विद्युतीय सवारी सञ्चालन गर्न सरकारले प्रोत्साह गर्ने दावी गरे ।

उनले नेकपा एमालेले सदनमा बारम्बार उठाउँदै आएको सुरुङ मार्गको विषयमा प्रष्ट्याएका छन् । मन्त्री जम्मकट्टेलले आगामी आर्थिक वर्षबाट सुरुङ मार्ग निर्माण प्रक्रिया अगाडि बढ्ने बताए । ‘सुरुङ मार्ग निर्माणको विषयमा देखिएका जटिलताहरु हामीले सम्पन्न गरेका छौं । आगामी वर्षबाट योजनाबद्धरुपमा यस कार्य अगाडि बढ्नेछ ।’, उनले थपे ।