२०८१ जेठ ४, शुक्रबार    

वाग्मती गाउँपालिकामा जग्गधनी पूर्जा वितरण सुरु

२०७८ चैत्र २५, शुक्रबार १४:३२ बजे

मकवानपुरको पूर्वीक्षेत्रमा अवस्थित वाग्मती गाउँपालिकामा भूमिहिन दलित तथा सुकुम्बासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण सुरु गरिएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समन्वय मकवानपुर र वाग्मती गाउँपालिकाले शुक्रबारबाट भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा वितरण सुरु गरेको हो । गाउँपालिकाले पहिलो दिनमा दुईजनालाई वितरण गरेको छ । वाग्मती–४ का कृष्णबहादुर दर्लामी र तीर्थबहादुर विकलाई जग्गाधनी पूर्जा वितरण गरेको हो । उनीहरुलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले पूर्जा प्रदान गरेकी थिइन् ।

गाउँपालिकाले लामो समयदेखि जग्गा नापजाँच गरेर राखेपनि सरकारको अनुमति नपाउँदा वितरण गर्न असमर्थहुँदै आएको थियो । यस गाउँपालिका ६० प्रतिशतभन्दा बढी ऐलानी जग्गा रहेका छन् ।

पूर्जा वितरण कार्यक्रममा वाग्मती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, राष्ट्रिय भूमि आयोग उपाधयक्ष नहेन्द्र खड्का, गाउँपालिका अध्यक्ष सर्केश घलान तथा आयोग जिल्ला अध्यक्ष विष्णु दाहाललगायत उपस्थिति थियो ।