२०८१ बैशाख १५, शनिबार    

सि आशा फाउण्डेशनको सप्ताहव्यापी कार्यक्रम सुरुवात

२०८० मंसिर १५, शुक्रबार १७:२१ बजे

हेटौंडामा रहेको सि आशा फाउण्डेशनद्वारा सञ्चालित आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रले ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरेको छ । कार्यक्रम मङ्सिर १५ गते देखि २२ गते सम्म सञ्चालन हुनेछ ।

विद्यालयमा अध्ययनरत १६ वर्ष माथिका युवाहरुले निर्माण गरेको विविध हस्तकला सामाग्री, हाते सीप बुनाइ, सिन्के धुप, मैनबत्ती लगाएतका सामाग्रीहरु प्रदर्शनी अवलोकन तथा बिक्री वितरण शुक्रबारबाट सुरु गरेको छ । विभिन्न संघ संस्था, सरकारी तथा गैर सरकारी निकाय, विद्यालय लगाएत सम्पुर्णमा विद्यालय भ्रमण तथा अवलोकन गरि सल्लाह सुझाव तथा हौसला प्रदानको लागि बिहान १० बजे देखि दिउँसो ३:३० बजे सम्म खुल्ला गरिएको छ ।

पहिलो दिन हेटौडा उपमहानगरपालिका ७ हरियाली टोलमा रहेको आशा विशेष पाठशाला तथा पुनस्थापना केन्द्रमा हेटौडा उपमहानगरपालिकाको नगर प्रमुख मिनाकुमारी लामाले विद्यालय भ्रमण तथा अवलोकन गरि कार्यक्रमको अनौपचारिक उद्घाटन गर्दै कार्यक्रमको शुभकामन दिदै बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आगामी दिनहरुमा आवश्यक साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । 

विगत २०६९ देखि हेटौडेली परिवार नामक  गैरसरकारी संस्थाको रुपमा दर्ता गरि बौद्धिक असक्षमता लगाएतका समस्या भएका बालबालिकाहरुलाई शिक्षा दिने हेतुले २०७३ मा विशेष विद्यालयको रुपमा आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको नाममा दर्ता भइ हाल निरन्तर रुपमा सेवा दिदै आइरहेको छ । यस शैक्षिक वर्ष २०८० मा विद्यालयमा भर्ना भइ ५५ जनाले सेवा लिइरहेकोमा ३ जनाले पारिवारिक बसोबासको कारण देखाइ सेवा लिन छोडेको हुदाँ हाल विद्यालय सेवा लिइ ५५ जनाले पिक्टोग्रामको सहायताबाट विभिन्न सैद्धान्तिक तथा व्यवहारिक, व्यवसायिक सीप विकास सिकाइ लगाएतका अन्य सेवाहरु लिदै आइरहेका छन, जसमध्य ११ जनाले आवासीय सुविधा समेत लिइरहेका छन् ।

हाल ललितपुर महानगरपालिका २ सानेपामा रहेको आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रमा ३० जना अध्ययनरत छन् भने यस विद्यालयको संस्थापक तथा संरक्षक आइना वार्का न्यौपाने हुन् ।