२०८१ बैशाख २२, शनिबार    

ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु

२०७९ जेठ २८, शनिबार २०:३६ बजे

हेटौंडा–९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालक र  सवार एक गरी  दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने उक्त स्थानमा आज शनिबार साँझ विपरीत दिशाबाट जादै गरेको मोटरसाइकल र हेटौंडातर्फ आउँदै गरेको बुलेट एक आपसमा ठक्कर खाई दुर्घटनाग्रस्त भएको हो । घाइते दुवैको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।