२०८१ बैशाख २६, बुधबार    

आचारसंहिता पालना गर्न र बालबालिका प्रयोग नगर्न उम्मेदावरकै आग्रह

२०७९ बैशाख २२, बिहीबार १०:३० बजे

मकवानपुरमा दैनिकजसो आचारसंहिताको धज्जी उडाइरहेको अवस्थामा त्यसो नगर्न एक उम्मेदवारले आफ्नो कार्यकर्तालाई आग्रह गरेका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा–८ का वडअध्यक्षका उम्मेदवार राम थापाले आफ्नो कार्यकर्तालाई आचारसंहिता पूर्णरुपमा पालना गर्न आग्रह गरेका हुन् । उनले सार्वजनिकरुपमा अपिल गर्दै आफ्ना कार्यकर्तालाई चुनाव प्रचारप्रसारमा बालबालिका समेत प्रयोग नगर्न आग्रह गरेका छन् । ‘विपक्षी दललाई मानसम्मान गर्नुहोला । कुनै अराजनीतिक व्यवहार नगरिदिनु होला । घरदैलो गर्दा कुनै राजनीतिक दलसँग कार्यक्रम जुध्न गए आफ्नो निर्धारित कार्यक्रम रोकिनुहोला ।’, उनले आफ्नो फेसबुक पेजमा भनेका छन्,‘विपक्षी दलहरुलाई उत्तेजनामा ल्याउने कुनै पनि अराजनीतिक गतिविधि नगर्नु र नगराउनुहोला ।’

गठबन्धनले हेटौंडा–८ मा आफ्नो प्रभाव बढाउँदै लगेको छ । चुनाव प्रचारप्रसारको क्रममा कार्यकर्ता र स्थानीयको बाक्लो उपस्थिति हुने गरेको छ । टिकट वितरणका कारण एमालेभित्र देखिएको समस्याका कारण अहिले सत्ता गठबन्धनलाई त्यहाँ फाइदा पुगेका अनुमान गर्न थालिएको छ ।