२०८१ बैशाख २४, सोमबार    

प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

२०७८ चैत्र ८, मंगलबार १४:३५ बजे

वाग्मती प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

मंगलबार सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरेका हुन् । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४० मिनेट ढिलो गरी सुरु भएको थियो । सदनमा सांसदको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।

वैठकलेसदनमा पेश भएको ३ वटा विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।

बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल गरी त्यसको दफावार छलफलका लागि समितिमा पठाउन स्वीकृती प्रदान गरेको हो ।