२०८१ बैशाख १७, सोमबार    

लागूऔषधसहित एक पक्राउ

२०७९ कार्तिक १३, आईतबार १८:२५ बजे

मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित एकजनालाई पक्रेको छ । पक्राउ पर्नेमा हेटौंडा–१४ कालापानीका २३ बर्षीय समिर थोकर रहेका छन् ।

प्रहरीले उनको साथबाट लागूऔषध कोडिवेल ७ बोतल, ट्रामाडोल १० क्याप्सुल र ल्याबोरेट १८ क्याप्सुल फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले कालापानी स्थित भित्री बाटोमा ना ५४ प ३४५३ नम्बरको मोटरसाइकल चेकिङ गर्दा थोकर लागूऔषध सहित पक्राउ परेका हुन् ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।