२०८१ बैशाख १५, शनिबार    

अध्यादेशको विरुद्धमा हेटौंडामा प्रदर्शन

२०७८ चैत्र २३, बुधबार १९:१६ बजे

वाग्मती प्रदेश सरकारले जारी गरेको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि अध्यादेशको विरुद्धमा हेटौंडामा प्रदर्शन भएको छ ।

वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनअनुसार एमालेका जनवर्गीय संगठनहरुले हेटौंडामा प्रदर्शन गरेका हुन् । उनीहरुले हेटौंडामा प्रदेश सरकारले ल्याउको अध्यादेशको विरोध गर्दै नारबाजी समेत गरेका थिए । पार्टी कार्यालयबाट निस्किएको विरोध प्रदर्शन हेटौंडाको बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा सम्बोधन गर्ने अधिकांश वक्ताहरुले सरकारले ल्याएको अध्यादेशका कारण हेटौंडाका स्वास्थ्य सेवा अझै कमजोर बन्दै जाने दावी गरेका थिए । उनीहरुले सरकारले ध्यादेश फिर्ता लिएर हेटौंडामै चिकित्सिा शिक्षा पढाइ हुने वातावरण सिर्जना गर्न जरुरी रहेको औंल्याएका थिए । उनीहरुले हेटौंडा अस्पतालाई पुनः रिफर सेन्टरको रुपमा अगाडि बढाउने प्रयास वर्तमान सत्तारुढ गठबन्धनले गरिरहेको आरोप समेत लगाएका थिए ।