२०८१ बैशाख २८, शुक्रबार    

चितवनको टिकौलीमा नालीमा फसेर गैंडाको मृत्‍यु

२०७८ माघ ९, आईतबार १६:४२ बजे

हेटौंडा/ सडक निर्माण गरिरहेको स्थानमा फसेर चितवनमा भागे गैंडाको मृत्यु भएको छ । चितवनको नारायणगढ पुल्चोकगोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर उक्त गैंडाको मृत्यु भएको छ ।

चितवन भरतपुरको टिकौली जंगल छेउको प्रहरी बिट अगाडि सडक विस्तारका लागि बनाइएको नालीमा गएराति रडमा उनिएर नालीमा फसेर गैंडाको मृत्यु भएको हो । बरण्डाभार क्षेत्रबाट राजमार्ग तरेर सडकभन्दा माथिल्लो क्षेत्रतिर जान लागेको अवस्था गैंडा सो नालीमा परेको अनुमान गरिएकोछ ।

घटनाका बारेमा निकुञ्जलाई जानकारी गराइए पनि गैंडाको अवस्था, उमेर खुलेको छैन । निकुञ्जको टोली घटनास्थलमा भर्खरै पुगेको छ । ठेकेदारले लापरबाही गरी नालीको भाग नपुर्दा उक्त क्षेत्रमा आवतजावतमासमेत समस्या हुादै आएको स्थानीयले गुनासो गरेका छन् ।