२०८१ बैशाख १४, शुक्रबार    

लायन्स क्लब भुटनदेवी सेन्टेरियलमा रानाभाट

२०७९ असार २५, शनिबार १७:४८ बजे

लायन्स क्लब अफ हेटौंडा भुटनदेवी सेन्टेरियलको अध्यक्षमा प्रमोद सिंह रानाभाट पदस्थापित भएका छन् । रानाभाटलाई आगामी एकवर्षे कार्यकालका लागि पद हस्तान्तरण गरिएको हो ।

लायन्स क्लब इन्टरनेशनल ३२५ एस नेपालका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर देवकी नन्दन अग्रवालको प्रमुख आतिथ्यमा पद हस्तान्तरण कार्यक्रम भएको हो । वर्ष २०२१/२२ की अध्यक्ष मिनु अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का निवर्तमान डिष्ट्रिक्ट गभर्नर शम्भु नकर्मी, ३२५ एसकी भाइस डिष्ट्रिक्ट गभर्नर टासी डोल्मा तुम्बाहाङ्फेको पनि आतिथ्य रहेको थियो ।

वर्ष २०२२/२३ का लागि क्लबको प्रथम उपाध्यक्षमा नारायणलाल श्रेष्ठ, द्वितीय उपाध्यक्षमा ध्रुव पाण्डे, सचिवमा पवित्रा दाहाल र कोषाध्यक्षमा राजाराम कार्की चयन हुनुभएको छ ।