२०८१ बैशाख २५, मंगलबार    

पल शाह तनहुँ प्रहरीको हिरासतमा

२०७८ फाल्गुन १५, आईतबार १५:४० बजे

हेटौंडा/ पपुलर अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले हिरासतमा लिएको छ ।

उनले आइतबार नै सामाजिक सञ्जालमा आफू प्रहरी सामु उपस्थित हुने बताएका थिए । जबरजस्ती करणीको आरोप लागेका शाहलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको तनहुँका डीएसपी युवराज खड्काले शाह पक्राउ परेको पुष्टि गरे ।

उच्च स्रोतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उपत्यकामा नै उनलाई पक्राउ गर्ने प्रयास गरेको थियो । तर, पल शाहले आफू स्वयम् जिल्ला प्रहरी कार्यालय, तनहुँमा गएर हाजिर हुन तयार रहेको बताएपछि प्रहरीको निगरानीमा नै उनी आइतबार तनहुँ पुगेका थिए । प्रहरीले उनीसँग आजैबाट सोधपुछ समेत गर्ने भएको छ ।

१७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा आफूसाग नजिक भएका शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुव्र्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।