२०८१ बैशाख १३, बिहीबार    

गैसस महासंघद्वारा शुभकामना आदानप्रदान

२०७९ आश्विन १४, शुक्रबार १३:२३ बजे

गैरसरकारी संस्था महासंघ नेपाल वाग्मती प्रदेशले नजिकिँदै गरेको विभिन्न चाडपर्वको सन्दर्भमा शुक्रबार हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गरेको छ ।

कार्यक्रममा गैसस महासंघ केन्द्रीय सचिव बुद्धशरण लामाले नागरिक खोपअन्तर्गत् सीमान्तकृत र जोखिममा परेका समुदायको अनुसन्धान र विश्लेषण प्रतिवेदन सार्वजनिक गरेका थिए । गैसस महासंघ वाग्मती प्रदेश अध्यक्ष आरती पाठकको सभाध्यक्षता तथा लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा जिल्लामा क्रियाशील गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजका अगुवालगायतको उपस्थिति थियो ।