२०८१ बैशाख २७, बिहीबार    

हेटौंडामा क्षेत्रीय र राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने

२०७८ माघ ७, शुक्रबार १८:४१ बजे

हेटौंडा/ क्रिकेट एसोसिएसन अफ मकवानपुरले कोभिड महामारी सकिएसँगै क्षेत्रीय र राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हेटौंडामा आयोजना गर्ने भएको छ ।

संघको शुक्रबार हेटौंडा सम्पन्न साधारणसभाले कोभिडको अवस्था हेरेर प्रतियोगिताको मिति तय गर्ने र आवश्यक तयारी अगाडि बढाउने निर्णय गरेको हो । संघ अध्यक्ष बासुलाल श्रेष्ठको सभाध्यक्षतामा भएको भेलामा क्यान केन्द्रीय सदस्य करण महत्रा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारणसभामा कार्यवाहक सचिव विनोद वानियाँ र कोषाध्यक्ष अनुप सिनोरियाले पेश गरेको क्रमश: प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो । साधारणसभामा संघको पूर्वअध्यक्ष तथा प्रदेश र केन्द्रीय प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

मकवानपुर जिल्लाबाट हाल रामनरेश गिरी र रिजन ढकालले राष्ट्रिय प्रतियोगितामा विभिन्न क्लबहरुबाट सहभागिता जनाइरहेको छन् ।