२०८१ बैशाख १४, शुक्रबार    

बुथ प्रतिनिधिबीच विवाद हुँदा ३ राउन्ड हवाईफायर

२०७९ मंसिर ४, आईतबार ०९:१४ बजे

सिरहाको कर्जन्हा  नगरपालिका–६ स्थित मावि बडहरामालको मतदान केन्द्रमा निर्वाचन प्रतिनिधिबीच विवाद हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाईफायर गरेको छ । आइतबार बिहान ३ बजेतिर प्रतिनिधिबीच विवाद हुँदा ३ राउन्ड हवाईफायर गरेको हो । 

सिरहाका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाका अनुसार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रतिनिधिबीच विवाद हुादा मतपेटिका खोस्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन ३ राउन्ड हवाईफायर गरिएको हो ।

एसपी तिमिल्सिनाले स्थिति नियन्त्रणमा आइसकेको र मतदान प्रक्रियासमेत सुरु भइसकेको जानकारी दिए । उनले जिल्लाको सबै मतदान केन्द्र शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जानकारी दिए ।