२०८१ बैशाख २८, शुक्रबार    

पोखरा पुगेर मधु अधिकारी नेकपा एसमा प्रवेश

२०७९ बैशाख २५, आईतबार १६:२६ बजे

तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिबाट राजीनामा दिएर स्वतन्त्र बस्नु भएका मकवानपुरका नेता मधु अधिकारी नेकपा एस अर्थात् नेकपा (एकीकृत समाजवादी) मा प्रवेश  गरेका छन् । आइतबार पोखरा पुगेर अधिकारी समाजवादीमा समाहित भएका हुन् ।

उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले टीका लगाएर स्वागत गरेका थिए । ‘पार्टीमा उचित र सम्मानित भूमिका दिइनेछ,’ नेपालले  भने,, ‘राजनीति सहअस्तित्व र सहभागितात्मक हुनुपर्छ, कसैलाई काखापाखा र अन्याय गरिनेछैन, यही विभेदविरुद्ध एमालेमा विद्रोह गरेर नयाँ पार्टी स्थापना गरिएको हो । पार्टी प्रवेशपछि अधिकारीले समाजवादी यात्रामा सक्रिय रहने बताए ।

उनले राप्रपामा अझै पनि अवसरवाद, नातावाद र सामान्तवादको अभ्यास जारी रहेको र संगठनमा दिलोज्यान दिनेहरु अवसरबाट विमुख हुने क्रम अरु बढेकाले विद्रोह गरेको बताए ।  यस्तै राप्रपा मकवानपुरका प्रवक्ता विशभ अधकिारी पनि पार्टी परित्याग गर्दै नेकपा एसमा समाहित भएका छन् ।